काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको भवनमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल १६.३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५.५ प्रतिशत बोनस सेयर र बाँकी ०.८२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असार १८ गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १७ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19