काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा (एजीएम) आज चैत ९ गते डोकेको छ।
सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालय (बीमा भवन) मा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश छन्।
बोनस सेयर जारीपछि जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्ने।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसको मतलब फागुन ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago