काठमाण्डौ । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशतको डाउनपेमेन्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ। 

गाडी किन्दा ग्राहकलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारीसाधन कर्जा उपलब्ध गराउने सीजी मोटर्सले जनाएको छ। नेपालभरका प्रभु बैंक, कामना सेवा विकास बैंक, एनएमबी बैंक र नबिल बैंकबाट सहज कर्जा उपलब्ध हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

यो योजना सीजी मोटर्सका सम्पूर्ण आधिकारिक बिक्रेताबाट नेपालभर लागू हुने भएकोले उक्त सुविधा देशभर सबै शोरुमबाट ग्राहकले लिन सक्नेछन्। 
नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो। जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीका साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ। जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ। 

करिब २० मिनेटको समयमै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फुलचार्जमा ३८०  किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले १ लाख ५० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ। प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधासमेत पाउनेछन्।

यसका साथै हाल नेटा भीमा ‘डिक्की फुल’ अफर भनी ग्राहक लक्षित योजना पनि चलिरहेको छ। जसमा विभिन्न इलेक्ट्रोनिक उपकरण उपहारका रुपमा ग्राहकलाई दिइएको छ।