काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले मंगलबार रेकर्ड बनाउँदै नयाँ उचाइमा पुगेको छ।
सुनको भाउ मंगलबार प्रतितोला छापावाल ७६ हजार ७०० रुपैयाँ र तेजाबी ७६ हजार ४०० रुपैयाँ कायम भएको हो। सुनको यो भाउ नेपाली बजारमा हालसम्म उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको तोलामा २०० रुपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गरेको हो। यसअघि गत पुस २३ गते सुनको भाउ सर्वाधिक उचाइमा पुगेको छ। त्यतिखेर सुनको भाउ प्रतितोला छापावाल ७६ हजार ५०० र तेजाबी ७६ हजार २०० रुपैयाँ कायम भएको थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार सुनको भाउ प्रतितोला छापावाल ७६ हजार ५०० रुपैयाँ तेजाबी ७६ हजार २०० रुपैयाँ रहेको थियो। आइतबार सुनको भाउ तोलामा एकैदिन ५०० रुपैयाँले बढेको थियो।
गत साता कारोबार बिहीबार र शुक्रबार सुनको भाउ प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ रहेको थियो।
सुनको भाउ लगातार बढिरहँदा बजारमा कारोबारमा भने गिरावट आउन थालेको छ। भाउ बढ्दा सुन खरिद गर्नेभन्दा पनि बेच्ने ग्राहकको संख्या बढ्न थालेको व्यवसायीहरु बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19