 
                     
                                
                             
                                    काठमाण्डौ । सुजुकीकाका चारपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता अरुण ईन्टरकन्टिनेण्टल ट्रेडर्सले बहुप्रतिक्षित प्रिमियम अर्बान कम्प्याक्ट भेहिकल ईग्निस सार्वजनिक गरेको छ । भोलिदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा यो कारको विशेष प्रदर्शनी हुनेछ ।
‘इग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले सहितको सहज स्मार्टफोन अनुभव, प्राविधिक रुपमा अग्रणी तथा प्रमाणित के १२ ईञ्जिन, अत्याधुनिक सुरक्षा फिचर्स (स्ट्याण्डर्ड तथा पर्सनलाइजेशन अप्सन सहित) तथा हरेक परिमितीमा पृथक कार हो ’, ईग्निस सार्वजनिक गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले भने ।
कारमा यात्रा गर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखी ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याटफर्ममा आधारित भई गरिएको छ । कारको बाह्य सजावट आजको पुस्ताको आवश्यकताअनुसार पृथक शैलीमा गरिएको छ । कारको अघिल्लो भागमा ईनसेट हेडल्याम्पका साथमा सिंगल फ्रेम ग्रिल डिजाइनको प्रयोग गरिएको छ ।
साथै, कारका फ्रण्ट ग्रिल र फगल्याम्पमा गरिएको क्रोम सजावटले कारलाई निकै आकर्षक तथा पृथक डिजाइन प्रदान गरेको छ ।
ईग्निसमा उपलब्ध गरिएको पृथक किकअप आकारसहितको डे लाइट ओपनिङ (डीएलओ)ले कारलाई निकै आकर्षक लुक्स प्रदान गरेको छ । एलईडी डीआरएल सहितका एलइडी प्रोजेक्टर, क्रोम इनसेट सहितका फगल्याम्प र थ्रीडी ट्रयापिजोइडल फाइभ स्पोक अलअलोइ ह्विल्सले कारलाई थप आकर्षक लुक्स प्रदान गरेको छ । त्यसैगरी, कारको आन्तरिक तथा बाह्य सजावटमा प्रयोग गरिएको सुजुकीको प्रोगे्रसिभ ट्रेड मार्क र डुअल टोन बाह्य सजावटले कारलाई ट्रेण्डी देखाउन उल्लेख्य मात्रामा सहयोग गरेको छ ।
ताजगीसहितको आन्तरिक सजावट
कारमा रहेको प्mलोटिङ लेयर्ड ड्यासबोर्ड डिजाइन र तिनमा कालो र आइभर रंगको डुअल टोन तथा पृथक कक्पिट स्टाइल्ड कन्सोल प्यानलले ईग्निसलाई अन्यभन्दा आकर्षक र पृथक देखाएको छ । स्पिडोमिटरमा ईडीएमबाट प्रेरित चम्किलो प्रकाशको प्रयोग, लोउभर्स र स्पिडोमिटरमा कार्वन फाइभर टेक्स्चर र तिनलाई सुहाउँदो किसिमले गरिएको आन्तरिक सजावटले जो कसैको पनि मन लोभ्याउन पर्याप्त छ । 
स्मार्टफोन अन ह्विल्स
कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको ईन्फोटेनमेण्टको सुविधा कारमै उपलब्ध छ । यसरी उपलब्ध सुविधाले नयाँ पुस्ताको यूवालाई आवश्यकताअनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाव पुर्याउँछ । 
एण्ड्रोइड अटो 
मारुती सुजुकीको पोर्टफोलियोमै एण्ड्रोइड अटो मार्फत एण्ड्रोइड प्रयोगकर्तालाई स्मार्टफोन कनेक्टिविटी सुविधा उपलब्ध गराउने ईग्निस पहिलो कार हो । कारमा रहेको एण्ड्रोइड अटोले प्रयोगकर्तालाई तिनको आवाजकै माध्यमबाट मल्टिमिडिया फंक्सनमा नियन्त्रण गर्न सघाव पुर्याउँछ । यसमा रहेको टच ईन्टरफेसको माध्यमबाट प्रयोगकर्ताले बाटो पहिल्याउने, कल गर्ने, संगीतको मज्जा लिने तथा अडियो बुक्स सुन्ने जस्ता सुविधाको मज्जा लिन सक्छन् । साथै, गुगल न्याभिगेशन र यसले सपोर्ट गर्ने एप्सको माध्यमबाट एण्ड्रोइड अटोले आवश्यकता परेको बेलामा ट्राफिक सम्बन्धी जानकारी लिन समेत सकिन्छ । 
ठूलो क्याविन
कारमा ईञ्जिनका लागि गरिएको स्थान ब्यवस्थापनका कारण ईग्निसको क्याविन स्पेस निकै आरामदायी तथा ठूलो छ । कारको अघिल्लो तथा पछिल्लो दुबै भागमा प्रयोगकर्ताका लागि पर्याप्त हेड रुम तथा लेग रुमको ब्यवस्था पनि रहेको छ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमा भारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । साथै, अतिरिक्त स्थानको आवश्यकता परेका बेला ६०ः४० रियर स्प्लिटसम्म बुटस्पेस बढाउन सकिन्छ । 
कारमा रहेको हाई आइप्वाइन्टका कारण सहर, तथा हाइवेलगायत स्थानमा समेत आवश्यकताअनुसार कार चलाउन तथा नियन्त्रण गर्ने सजिलो हुनेछ ।
अत्याधुनिक सुरक्षा फिचर्स
ईग्निसमा यात्रुको सुरक्षालाई विशेष ध्यान दिइएको छ । यसका लागि कारमा डुअल एयरब्याग्स, प्रिटेन्सनर सहितका सिटबेल्ट र स्ट्याण्डर्ड फिटमेण्टका रुपमा ईबीडी सहितका एबीएस पनि उपलब्ध छ । यात्रुका साथै बटुवाका लागि समेत कारमा सुरक्षाका दृष्टिले पर्याप्त ध्यान दिइएको छ । यसका लागि कारमा साइड ईम्प्याक्ट र निर्धारित मापदण्ड भन्दा पनि परिस्कृत गरिएको अफसेट क्रयास रेगुलेशन लागूू गरिएको छ । कारका सबै भ्यारियण्टमा आइसोफिक्स एंकरेज, चाइल्ड सिट रिस्ट्र्नमेण्ट प्रणाली लगायत सुविधा पनि उपलब्ध छन् ।
शक्तिशाली कार्यप्रदर्शनी
कम्पनीले ईग्निसलाई २ भिन्न ईञ्जिन अप्सनका साथ उपलब्ध गराएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिन (१.२ लिटर)ले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । फरक फरक ड्राइभिङ कन्डिशनमा चलाउन सहजताका लागि कारको ईञ्जिनलाई विशेष तरिकाले ट्युन गरिएको कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, कारमा प्रयोग गरिएको पेन्डुलम ईञ्जिन माउण्ट प्रणाली, क्याविन र ईञ्जिन वरपर गरिएको एकस्टिक ईन्सुलेसन र अब्जर्पसन मेटेरियल्सले न्यून एनभीएच लेभलको सुनिश्चितता प्रदान गर्छ । साथै, विशेष किसिमले ट्युन गरिएका सस्पेन्सनले समान र सहज तथा आरामदायी यात्राको सुनिश्चितता प्रदान गर्छ । कारको कार्यक्षमतामा बृहत बृद्धि गर्ने सोचका साथ यसमा ईन्टेलिजेन्ट ब्याट्री ब्यवस्थापन, लो रोलिङ रेजिस्टेन्ट टायर्स लगायत प्रविधिको प्रयोग पनि गरिएका छन् । 
स्टाइल स्टेटमेण्ट
पृथकता रुचाउने आजको पुस्ताका लागि कम्पनीले कारको माध्यमबाट पर्सनलाइजेसनको विशेष अवसर प्रदान गरेको छ । कम्पनीले कारका लागि रुफ र्याप्स्, ओआरभीएममा कलर अप्सन, स्पोलर्स, फग ल्याम्प गार्निस, आन्तरिक सजावट लगायत विकल्प पनि उपलब्ध गराएको छ । त्यसैगरी, पृथकता रुचाउनेका लागि रुफ स्पोइलर्स, ह्विल क्ल्याडिङ, डोर भाइजस र क्ल्याडिङ, फ्रण्ट, रियर र साइड स्किड प्लेट पनि उपलब्ध गराएको जानकारी दिएको छ । 
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19