काठमाण्डौ । कल्पना गनुुर्स कि कोरोनाभाइरसका कारण तपाई घरमा सेल्फ क्वारेन्टाइनमा हुुनुुहुुन्छ र अचानक तपाईले घरको बालकोनीबाट हेलिकप्टरले नोट बर्साइरहेको देख्नुभयो । अर्थशास्त्रीले यो काल्पनिक परिस्थितिलाई ‘हेलिकप्टर मनि’ अर्थात ‘मोनेटरी हेलिकप्टर’ भन्ने गर्दछन् । तपाइलाई थाहा छ यसको अर्थ के हो ? 
 
गहिरो आर्थिक संकटको बेला जब सर्वसाधारणलाई सित्तैमा पैसा बाँडिन्छ, यसले उनीहरुको खर्च र उपभोग गर्ने क्षमता बढ्ने गर्दछ । जसको फलस्वरुप अर्थव्यवस्थामा सुुधार आउने गर्दछ । यसैलाई ‘हेलिकप्टर मनि’ भन्ने गरिन्छ । 
 
झट्ट हेर्दा लाग्न सक्छ कि महामारीको बेला आम जनतालाई बचाउन सरकारको तर्फबाट उनीहरुलाई वित्तीय सहायता प्रदान गर्न यो उपयुुक्त उपाय होला, तर वास्तवमा कुुरा यस्तो होइन । अर्थशास्त्री मिल्टन फ्रडम्यानले सन् १९६९ मा ‘हेलिकप्टर मनि’लाई यसरी परिभाषित गरेका छन्, “केन्द्रीय बैंकले नोट छापोस् र सरकारले त्यसलाई खर्च गरोस् ।” 
 
सजिलैसँग पैसा बर्सिएको कल्पना गरेको जस्तो यो सरकारका लागि कुुनै पनि प्रकारको ऋण जस्तो भने होइन । 
 
जब आर्थिक संकट उत्कर्षमा पुग्छ..
अर्थशास्त्रको सिद्धान्तअनुुसार जब आर्थिक संकट आफ्नो चरम सीमामा पुुग्छ, तब हेलीकप्टरबाट पैसा बाँड्ने उपाय अन्तिम विकल्प हुुने गर्दछ । तर, विगतमा जहिले पनि ‘हेलिकप्टर मनि’ विकल्पको सहारा लिइएको थियो, त्यसको नतिजा एकदमै नराम्रो आएको थियो । 
 
‘हेलिकप्टर मनि’को प्रसङ्ग निस्कदा सव्र्रप्रथम जिम्बावे र भेनेजुुएलाको तस्विर अगाडि आउने गर्दछ । जहाँ यति धेरै नोट छापिएको थियो कि त्यसको मूल्य कौडीको बराबर पनि पुुगेको थिएन । 
 
डलर र युुरोलाई अपनाउने विकसित देशहरुमा केन्द्रीय बैंकले नोट छाप्ने सपना पनि पागलपनले भरिपूर्ण एउटा नराम्रो सपना जस्तै हो । तर, सिक्काको दोस्रो पाटामा हाम्रा अगाडि कोरोनाको संकट छ र केही विशेषज्ञले यसको आर्थिक समस्यासँग जुुध्न ‘हेलिकप्टर मनि’को अवधारणालाई अघि सारेका छन् । 
 
यदि परिस्थिति अर्कै भएको भए यो अवधारणाको चर्चा हुुने पनि थिएन होला । 
 
आगोसँग जिस्कनु जस्तै
सबैलाई थाहा छ कि ‘हेलिकप्टर मनि’ एउटा खतरनाक आइडिया हो र यसलाई वास्तविकतामा उत्तार्नुु आगोसँग जिस्कनुु जस्तै हो । 
 
स्पेनको एउटा बिजनेस स्कुुलका फाइनान्सियल स्टडि डिपार्टमेन्टका डाइरेक्टर म्यानुुअल रोमेराले भन्छन्,“‘हेलिकप्टर मनि’को अवधारण कहिल्यै पनि लागू गरिएन, किनकि यसमा धेरै जोखिम थियो । केन्द्रीय बैंकलाई यसको डर लाग्ने गर्दछ । जब तपाइले अर्थतन्त्रमा ठूलो मात्रामा पैसा खन्याउनुुहुुन्छ, तब जनतामा मुुुुद्राप्रतिको विश्वास कम हुुने समस्या आउने गर्दछ । जसको परिणाम स्वरुप हाइपरइन्फ्लेसन अर्थात बेलगामयुुक्त मुद्रास्फितिको रुपमा समस्या सिर्जना हुुने गर्दछ।“
 
कोरोनाभाइरसको महामारीलाई देख्दा तपाइलाई पैसा खन्याउने यो उपयुुक्त समय हो जस्तो लाग्दैन ? म्यानुुअल रोमेरा भन्छन्,“मलाई थाहा छैन म यस्तो अवस्थामा के गर्थे । यदि कोरोनाविरुद्धको खोप वा औषधि पत्ता लाग्यो भने यो गलत कदम हुुनसक्छ । यदि मे महिनासम्म पनि यसको औषधि आएन भने मानिसहरु सडकमा उत्रन बाध्य हुुनेछन् । यो महामारी लामो समय लम्बिए यो विकल्पको सहारा लिन सकिन्छ ।”
 
‘हेलिकप्टर मनि’को नीति
‘हेलिकप्टर मनि’को विषयमा अहिले जुन बहस चलिरहेको छ, त्यसको अरु पनि महत्व रहेको छ । केही अर्थशास्त्री ‘हेलिकप्टर मनि’को नीतिलाई अझै लचिलो बनाउन सकिने ठान्दछन् । तथापि आपतकाल वा संकटको बेला खर्चको बन्दोवस्त गर्ने जिम्मेवारी केन्द्रीय बैंकको हो । तर, प्रणालीमा तरलताको प्रवाहलाई बढाउनका लागि अरु पनि बाटाहरु छन् जसलाई कठिनाइका बाबजुुद पनि अपनाउन सकिन्छ । 
 
केही विज्ञहरुले त अहिले युुरोप र अमेरिकामा आर्थिक सुुस्ततालाई कम गर्न अपनाइएका कदमहरुलाई पनि ‘हेलिकप्टर मनि’को उदाहरणको रुपमा लिन सकिने बताउँछन् । 
 
किनकि करमा छुुट दिनुुको खासकारण जनताले धेरै खर्च गर्न सकुुन् भन्नुु नै हो । तर यो सबै यो कुुरामा निर्भर हुुन्छ कि तपाई ‘हेलिकप्टर मनि’मा कति सम्भावना देख्नुुहुुन्छ र यसमा कति लचिलोपनको गुुञ्जाइँस खोज्नुुहुुन्छ । 
 
यही समय हो 
अहिले जब अमेरिका कोरोनाभाइरस महामारीको केन्द्र बनेको छ, यही बेला ‘हेलिकप्टर मनि’को आवाज फेरी सुुन्न थालिएको छ । 
 
अमेरिकामा कोरोनाले गर्दा २० देखि ४० प्रतिशत बेरोजगारी बढ्ने प्रक्षेपण गरिएको छ । कोलम्बिया युुनिर्भसिटीमा स्कुुल अफ पब्लिक एण्ड इन्टरनेशनल अफेयर्सका प्राध्यापक विलियम बुुइटर भन्छन्,“‘हेलिकप्टर मनि’को नीति लागू गर्ने यो सही समय हो । कोरोनाभाइरसको संक्रमणले भएको आर्थिक नोक्सानीको भरपाइका लागि केही कदम त उठाइने नै छन् । हामीले सायद हेलिकप्टर मनीबाट सरकारहरुले आफ्नो असाधारण घाटाको भरपाई गरेको ठान्नेछौ ।’ 
(बीबीसीको सहयोगमा)