Krishna Hari Baskota, photo source : onlinekhabar.com
१.विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरसम्म पुग्ने केवलकार जडान गर्नुपर्छ । साथै हेलीकोप्टरबाट सटल सर्भिस संचालन गर्नुपर्छ ।
२.सगरमाथाको टाकुराको हिउँलाई विशेष बट्टामा सिलप्याक गरी उपहारको सामाग्रीको रुपमा विश्ब बजारमा बिक्री गर्नुपर्छ ।
३.सगरमाथाको आधार शिविर आसपासका झरनाका पानीलाई प्रशोधनपछि वोटलिङ्ग गरी विश्वभर बिक्री गर्नुपर्छ ।
४.भगवान गौतम वुद्धको जन्मस्थल लुम्बिनीमा करिब २ अर्ब बिश्वका बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्नुपर्छ ।
सगरमाथाको टाकुराको हिउँलाई विशेष बट्टामा सिलप्याक गरी उपहारको सामाग्रीको रुपमा विश्ब बजारमा बिक्री गर्नुपर्छ ।
५.भगवान गौतम वुद्ध जन्मिनु भएको स्थलमा सबैको पहँुच पुर्याउन एउटा अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण गर्नुपर्छ ।
६.लुम्बिनीको १५ किलोमिटरको वृत्तलाई विश्व शान्ति शहरको रुपमा विकास गर्नुपर्छ । त्यहाँ एउटा विश्व विद्यालय स्थापना गर्नुपर्छ । साथै बौद्ध धर्म सम्बन्धी विश्वकै सबैभन्दा ठूलो म्यूजियम निर्माण गर्नुपर्छ ।
७.यस अतिरिक्त एकैपटक एक लाखदेखि पाँच लाखसम्म मानिसले प्रार्थना गर्न सक्ने प्राङ्गण तयार गर्नुपर्छ र काठमाडौं–लुम्बिनी बीच रेल्वे सेवा संचालन गर्नुपर्छ ।
८.व्यापक रुपमा जलबिद्युत उत्पादन गरी पहिलो चरणमा मुलुकको औद्योगिकीकरणका लागि उपयोग गर्नुपर्छ ।
९.दोश्रो चरणमा बचत भएको जलविद्युत शक्ति भारतमा निकासी गर्नुपर्छ । एउटा सर्भेका अनुसार आगामी ५ वर्षभित्र भारतमा अतिरिक्त २५ हजार मेगावाट विद्युत जरुरत पर्नेछ । तेश्रो चरणमा नेपालसँग जोडिएका तिब्बती क्षेत्रमा निकासी गर्नुपर्छ । चौथो चरणमा बंगलादेशमा निकासीको संभावना छ ।
बचत भएको जलविद्युत शक्ति भारतमा निकासी गर्नुपर्छ । एउटा सर्भेका अनुसार आगामी ५ वर्षभित्र भारतमा अतिरिक्त २५ हजार मेगावाट विद्युत जरुरत पर्नेछ । तेश्रो चरणमा नेपालसँग जोडिएका तिब्बती क्षेत्रमा निकासी गर्नुपर्छ । चौथो चरणमा बंगलादेशमा निकासीको संभावना छ ।
१०. जलविद्युत शक्ति उत्पादन भएपछि रासायनिक मल कारखाना स्थापना गर्नुपर्छ ।
११.यर्सागुम्बा लगायतका बहुमूल्य जडिबुटीहरुको व्यवसायिक कारोवारबाट पनि नेपाललाई एउटा समृद्ध मुलुक बनाउनु पर्छ ।
१२.जटामसी, पाँचऔंले, कुटकी लगायतका जडिबुटीको विश्व बजारमा उच्च माग छ, त्यस्को निकासी बढाउनुपर्छ ।
१३.मध्यपहाडी र हिमाली क्षेत्रमै पाइने ऐसेलु, काफल, जामुन, किम्बु लगायतबाट वाईन उद्योग संचालन गर्नुपर्छ । यस्तो वाइनको यूरोपमा उच्च माग छ ।
१४.उच्च हिमाली क्षेत्रको मौरीको महलाई विश्व बजारमा औषधिको रुपमा बिक्री गर्नु पर्छ ।
१५.उच्च हिमाली क्षेत्रमा चरन क्षेत्र विकास गरी त्यहाँ जडिवुटीको घाँस खाने मासुजन्य जनावरको स्लटर हाउस खोली उच्च मूल्यमा मासु निकासी गर्नुपर्छ ।
मध्यपहाडी र हिमाली क्षेत्रमै पाइने ऐसेलु, काफल, जामुन, किम्बु लगायतबाट वाईन उद्योग संचालन गर्नुपर्छ । यस्तो वाइनको यूरोपमा उच्च माग छ ।
१६.देसेमरु झ्याः जस्ता काष्ठकला हुन् वा पौवा र भोजपत्र, सबैको विश्व बजारमा अत्यधिक माग छ, तिनको उत्पादन र निकासी बढाउनु पर्छ ।
१७.नेपाली घण्टी, थैली, बाँसुरी, करुवा, अण्टी, नेपाली कागजका सामाग्री र नक्कली सुनका गहनाका लागि नेपाल विश्व बजारमा प्रख्यात छ । यसैगरी नेपाली कागजका विविध सामग्रीका लागि पनि नेपाल बिख्यात छ । यिनको निकासी बढाउनु पर्छ ।
१८.चाँदी र तामाका भाडाकँुडा र गहनाको पनि विश्वबजार छ । यसको उत्पादनमा जोड दिनुपर्छ ।
१९.नेपालमा बहुमूल्य पत्थर कटिङ्ग गरी निकासी गर्न सकिने संभावना छ । यसमा लगानी बढाउनुपर्छ ।
२०.पश्मिना, गलंैचा र तयारी पोशाकको बजार पनि उत्तिकै छ । यसमा प्राथमिकता दिनुपर्छ ।
२१.भोटेकोसी र त्रिशुलीमा ¥याफ्टिङ्गको स्वाद लिने पर्यटकको संख्या वृद्धि हुंदै गएको छ । यसलाई विश्व बजारमा थप बजारीकरण गर्नुपर्छ ।
२२.नेपालका विशाल र रमणीय खोँचमा बञ्जी जम्पिङ्ग फष्टाउँदो अवस्थामा छ । यस अतिरिक्त नेपालका विभिन्न रमणीय डाँडामा प्याराग्लाइडिङ्गले पर्यटकलाई आकर्षित गरेका छन् । यसको थप विकास गर्नुपर्छ ।
२३.यसै सन्दर्भमा रोमाञ्चकारी पदयात्रा र रक क्लाईमिङ्ग पनि नेपालमा फष्टाउँदो छ । यसमा पनि जोड दिनुपर्छ ।
नेपाली घण्टी, थैली, बाँसुरी, करुवा, अण्टी, नेपाली कागजका सामाग्री र नक्कली सुनका गहनाका लागि नेपाल विश्व बजारमा प्रख्यात छ । यसैगरी नेपाली कागजका विविध सामग्रीका लागि पनि नेपाल बिख्यात छ । यिनको निकासी बढाउनु पर्छ ।
२४.नेपाल दक्षिण एशियामै सिमेन्ट उद्योगका लागि सर्वाधिक संभाव्य मुलुकमा पर्दछ । यसर्थ बाह्य लगानी भित्र्याउनु पर्छ ।
२५.यसैगरी नेपालमा पेट्रोलियम पदार्थको पनि संभावना छ । साथै, नेपालमै युरेनियम पनि रहेको बुझिन्छ । यसको उत्खनन् गर्नुपर्छ ।
२६.तामाखानी, फलामखानी, कोइला खानी र म्याग्नेसाईट जस्ता उपलब्ध प्राकृतिक खनिजलाई उपयोग गर्न सके नेपाल आर्थिक रुपमा सम्वृद्ध हुने कुरामा कुनै शंका छैन ।
२७.हामीसँग करिब ३५ लाख हेक्टर खेतीयोग्य जमिन भएको अनुमान छ । यदि हामीले उन्नत जातको बिउ–विजनको प्रबन्ध, सिचाईको व्यवस्था, रासायनिक र प्राङ्गारिक मलको सहज उपलब्धता, माटोको गुणस्तर सुधार कार्यक्रम संचालन, बालीका लागि किटनाशक जैविक औषधिको व्यवस्था, व्यवसायिक खेतीका लागि यान्त्रिकीकरणमा जोड दिने हो भने प्रति हेक्टर ८–१० मेट्रिक टन खाद्यान्न सहजै उत्पादन गर्न सक्छौ । यस्तो खाद्यान्न निकासी गर्नुपर्छ ।
२८.कृषिमा यान्त्रिकीकरण भित्र्याउनु पर्छ । मिनी ट्याक्टर, जिरो ट्रिलर, हार्भेष्टर लगायतको व्यापक प्रयोग गर्नु पर्छ ।
२९.यसैगरी, हरियो तरकारीमा पनि हामी आत्मनिर्भर हुनसक्छौ । यसका लागि टनेलमा बेमौसमी खेती गर्नु पर्छ । यस्ता हरियो तरकारी खेतीमा रासायनिक मलको सट्टा प्राङ्गारिक मल प्रयोग गर्नुपर्छ । रासायनिक विषादिको सट्टा जैविक विषादि प्रयोग गर्नुपर्छ ।
२९.माछा र मासुमा पनि हामी आत्मनिर्भर हुनसक्छौ । विशेषगरी तराईमा माछा पालनका लागि व्यवसायिक पोखरी निर्माणमा जोड दिनुपर्छ भने पहाडी क्षेत्रका चिसोपानीमा ट्राउट माछाको उत्पादन गर्नुपर्छ ।
३०.यसैगरी, फलफूलमा पनि हामी आत्मनिर्भर हुनसक्छौ । एक जिल्ला एक वनको अवधारणा अनुसार वन क्षेत्रमा फलफूल खेती गर्नुपर्छ । चिया र कफीमा नेपाल आत्मनिर्भर हुनसक्छ । हाम्रो नेपालको अर्गानिक चिया र कफी निकासी भइरहेको छ ।
३१.नेपाल छालाको जुत्ता र छालाको सामाग्रीमा आत्मनिर्भर हुनसक्छ ।
३२.हामी भारत र चीनको बीचमा अवस्थित छौ । दुवै देशले नेपालको उत्पादनलाई भन्सार छुट दिएका छन् । यस स्थितिमा भारतीय र चिनिया लगानीकर्तालाई आकर्षित गरी लगानी भित्र्याउन सके नेपालको उत्पादन ती मुलुकमा ठूलो मात्रामा निकासी हुनेछ ।
३३.नेपाल कृषिप्रधान देश भएकाले एउटा कृषि औजार कारखाना र एउटा रासायनिक मल कारखाना स्थापना गर्नुपर्छ । साथै, सबै प्रदेशमा एक-एकवटा प्राङ्गारिक मल कारखाना स्थापना गर्नुपर्छ ।
३४. पैतृक सम्पत्ति अपुतालीको रुपमा पाउने वा अंश पाउने प्रणाली खारेज गरी सबैलाई आत्मनिर्भर बन्न सिकाउनु पर्छ ।
सबै जमीनमाथि राज्यको स्वामित्व हुनुपर्छ र जनताले लिजमा जमिन पाउने प्रणाली सुरु गर्नुपर्छ । लगातार ३ वर्षसम्म जमिन बाँझो राख्नेबाट उक्त जमिन खोस्नुपर्छ ।
३५.सबै जमीनमाथि राज्यको स्वामित्व हुनुपर्छ र जनताले लिजमा जमिन पाउने प्रणाली सुरु गर्नुपर्छ । लगातार ३ वर्षसम्म जमिन बाँझो राख्नेबाट उक्त जमिन खोस्नुपर्छ ।
३६.सरकारी स्वामित्वमा रहेका कृषि फर्म, बागवानी फर्म र पशु फर्म किसानलाई हस्तान्तरण गर्नुपर्छ ।
३७.शिक्षा क्षेत्रमा जोनिङ्ग प्रणाली लागू गर्नुपर्छ । एउटा टोलको बिद्यार्थीले अर्को टोलको स्कूलमा पढन निषेध गर्नुपर्छ ।
३८.आधारभूत स्वास्थ्य सेवा निशुल्क हुनुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार निषेध गर्नु पर्छ ।
३९.काठमाडौंमा स्काई ट्रेन संचालन गर्नु पर्छ ।
४०.बाह्र सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनामा राज्यको सम्पूर्ण शक्ति र स्रोत खन्याउनु पर्छ ।
४१.स्नातक र स्नातकोत्तर गर्नेलाई एक वर्षे इन्टर्नस्वरुप सरकारी नोकरी दिनुपर्छ ।
४२.वार्षिक बजेट वैशाख १ गतेदेखि चैत्र मसान्तसम्मको लागि घोषणा गर्नु पर्छ ।
स्नातक र स्नातकोत्तर गर्नेलाई एक वर्षे इन्टर्नस्वरुप सरकारी नोकरी दिनुपर्छ । वर्षभरिमा बढीमा १० दिन मात्रै सार्वजनिक विदा हुनुपर्छ ।
४३.वर्षभरिमा बढीमा १० दिन मात्रै सार्वजनिक विदा हुनुपर्छ ।
४४.राजदूूतको नियुक्तिमा देशगत योग्यता तोकी खुला प्रतियोगितात्मक परीक्षा लिनुपर्छ ।
४५.राष्ट्रियताको जगेर्ना गर्न पनि सबै टोल र गाउँमा नेपाली उत्पादनको कोसेली घरको स्थापना गर्नुपर्छ ।
४६.हाल नेपालको प्रतिव्यक्ति आय औसतमा ७–८ सय अमेरिकी डलर बराबर छ । यसलाई आगामी सन् २०२२ सम्ममा एकहजार डलर बराबर पुर्याई हामी अल्पविकसित मुलुकको श्रेणीबाट माथि उक्सिएर विकासोन्मुख मुलुकको पंक्तिमा पुग्नु पर्दछ ।
४७.साथै, आगामी सन् २०३० सम्ममा नेपालीको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर बराबर पुर्याई हामी मध्यमस्तरीय आय भएको मुलुकमा पुग्नु पर्छ । यसका लागि सबै नेपाली भविष्यप्रति आशावादी भई सकारात्मक सोचका साथ आ–आफ्नो क्षेत्रबाट गर्नुपर्ने योगदान गर्न किञ्चित पछाडि पर्नु हुँदैन ।
४८.भाग्यमा छ भन्दैमा डोकोमा दुध दुहेर अडिने होईन । भाग्य र संभावनालाई कार्यगत लगनशीलता र इमान्दारिताको समीश्रणले डोहोर्याउनुुपर्छ । अनि, ‘उद्देश्य लिनु उडी छुनु चन्द्र एक को’, लक्ष्यका साथ अगाडि बढनु पर्छ । यस्का लागि सर्बप्रथम नेपाली हुनुको गौरब बोध गरी आफ्नो लक्ष्य प्राप्तिमा निरन्तर अगाडि बढनु पर्छ । यो काम अहिले नगरे कहिले गर्ने, मैले नगरे कस्ले गर्ने भन्ने सोचका साथ एक एक नेपाली जाग्नु पर्छ ।
(लेखक बास्कोटा प्रमुख सूचना आयुक्त हुन्)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19