काठमाण्डौ । विश्वमै तहल्का मच्चाएको सुजुकीको प्रिमियम ह्याचब्याक कार बलेनो नेपाली बजारमा भित्रिएको छ ।
सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले नेपाली ग्राहकका लागि बलेनोलाई कम्पनीको प्रिमियम च्यानल CG I NXT GEN मार्फत उपलब्ध गराइने बताएको छ ।
कम्पनीका अनुसार बलेनो कारको सुरुवाती मूल्य २६ लाख ९९ हजार रुपैयाँ छ । देशभरिका सुजुकीका आउटलेटमा बलेनोको बुकिङ खुल्ला गरिएको र ग्राहकले फाइनान्सका लागि विशेष व्याजदारको लाभ समेत उठाउन सक्नेछन् ।
यसको १.२ लिटर भीभीटी पेट्रोल इन्जिनले ८४.३ पीएस अधिक पावर र ११५ एनएम टर्क उत्सर्जन गर्छ । यसले २१.४ किमि माइलेज दिने कम्पनीको भनाई छ । ५–स्पिड म्यानुअल गियरबक्स भएको यो कारको क्याबिन ठूलो हुनुका साथै पछाडिको सिट पनि स्पेसियस रहेको बताइएको छ ।
कम्पनीका अनुसार बलेनो यसको उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनि प्रदुषणका लागि अन्य कार भन्दा विशेष बनेको छ । बलेनोमा क्लाइमेट कन्ट्रोल, स्याटेलाइट नेभिगेसनसहितको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कीलेस इन्ट्री, पुस स्टार्टरस्टप बटन, एबीएस, इबीडी र एयरब्याग्स आदि फिचर छन् । पार्किङका लागि क्यामरा र स्टेयरिङ ह्विलबाटै धेरै कुरा नियन्त्रण गर्न सकिने सुविधा समेत उपलब्ध छ ।
सिजि मोटोकर्पका प्रवन्ध निर्देशक करन कुमार चौधरीका अनुसार भारतमा यसको व्यापक सफलतापछि नेपालमा बलेनो लञ्च गरिएको हो । ग्लोबल मोडलको रुपमा स्थापित सुजुकीको अन्य उत्पादन भन्दा बोलेनोमा परिष्कृत डिजाइन र उन्नत प्रविधि रहेको छ । यसमा उच्चतम इन्धन क्षमता रहेको र समग्रमा धेरै राम्रा विशेषता भएका कारण ग्राहकहरुको ध्यान तान्ने चौधरीको विश्वास छ ।
‘हामी यसलाई कम्पनीको प्रिमियम च्यानल CG I NXT GEN मार्फत् उपलब्ध गराउने छौं।’ चौधरीले भने–‘हामीले यो च्यानलबाट विश्वस्तरीय बिक्री सेवाका साथ प्रिमियम सुजुकी प्रडक्ट प्रदान गर्ने लक्ष्य लिएका छौं।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago