काठमाण्डौ । बंगलादेशको प्रतिष्ठित मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता रमन मोटर्स प्रा.लि.ले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ ।
१ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५०० आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको भनाई छ ।
यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीको भनाई छ ।
नेपालको भूभाग सुहाउँदो डर्ट मोटरसाइकल रमन मोटर्सले विगत तीन महिनादेखि नेपालका विभिन्न क्षेत्रका अफ्ठ्यारोे र समथल भूभागमा परीक्षण गर्दा उत्कृष्ट नतिजा पाइएको कम्पनीको भनाई छ ।
रमन मोटर्सका देशैभर रहेका २२ वटा डिलरमार्फत एकैसाथ बिक्री गर्ने योजनाका साथ सर्भिस र स्पेयर्स पार्टस्को सम्पूर्ण तयारी पूरा भएको रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले बताए ।
रमन मोटर्सका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाइग्राउण्ड क्लियरेन्स् हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल सजिलै पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने रहेको बताए ।
हाल २०० सिसीको रनर हक रातो रङ्गमा उपलब्ध भए पनि निकट भविष्यमा अन्य रङ्गमा पनि उपलब्ध हुने कम्पनीको भनाई छ ।
ग्राहकको आकर्षणका लागि रमन मोटर्सले यो मोटरसाइकल ३ लाख ९९ हजार रुपैयाँमा बिक्री वितरण सुरू गरेको छ । जुन अन्य प्रतिस्पर्धी मोटरसाइकलको भन्दा निकै कम मूल्य हो ।
रमन मोटर्सले नेपालमा रनर कम्पनीका विभिन्न २०० सिसी सम्मका बाइकहरु विक्रि वितरण गर्दै आएको छ । रनर बंलादेशको प्रतिष्ठित मोटरसाइकल कम्पनी हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago