काठमाण्डौ । नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएका छन्।
नेपालका लागि आधिकारिक वितरकका रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको भित्रिएका हुन्। आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी६ स्कुटर नेपाली बजारमा भित्रिएका छन्। यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार रुपैयाँ, २ लाख ७९ हजार रुपैयाँ र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ।
जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो। यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ।
एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्यांकी छ। त्यसैगरी ८२० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिब १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स निःशुल्क उपलब्ध हुन्छ।
यो मोटरसाइकलमा बीएमडब्ल्यूको जस्तै स्लिक बम्पर छ भने फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि यूएसबी पोर्टसमेत छ। २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पांग्रामा डिस्क ब्रेक आदि विभिन्न फिचर उपलब्ध छन्।
जेड–वान स्ट्रिट बाइक हो र यो विशेषगरी प्रौढ उमेरका ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको छ। यसमा १८० सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ। जसले ११.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५–स्पिड गियरबक्स छ। १८ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको टप स्पिड ११० किलोमिटर प्रतिघण्टा छ। यसमा ७६० एमएमको सिट हाइट छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ।
जेडटी६ स्कुटरमा १२५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ। जसले ६.८ किलोवाट पावर र ९ एनएम टर्क जेनेरेट गर्छ। ६ लिटरको इन्धन ट्यांकी भएको यो स्कुटरमा अलोय ह्विल, डबल रियर सक, डिजिटल मिटर आदि विभिन्न विशेषता छन्।
दुईपांग्रे सवारी र इन्जिन उत्पादनका लागि चीनका मुख्य ५ कम्पनीहरुमा जोङसेन समेत पर्छ। विगत ३० वर्षदेखि उत्पादन थालेको जोङसेनले विश्वका ५० भन्दा बढी देशमा यो कम्पनीका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ। जोङसेनले प्रयोग गर्ने विभिन्न पार्टसका लागि हार्ले र पियाजियोसँग समेत सहकार्य गरेको छ। जोङसेनअन्तर्गतको प्रिमियम ब्रान्ड साइक्लोनले उत्पादन गरेका यी मोटरसाइकल र स्कुटर युरो ४ स्ट्यान्डर्डका छन्।
नेपाली बजारमा बिक्री पछिको सेवाका लागिसमेत प्रतिबद्ध भएको रिजोन मोटर्सले जनाएको छ। आगामी दिनमा अन्य विभिन्न मोडल र इलेक्ट्रिक सेगमेन्ट समेत नेपाली बजारमा भित्र्याउने रिजोन मोटर्सले बताएको छ।
मोटरसाइकल र स्कुटर मर्मतका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउने र मोबाइल एपबाटै निगरानी गर्नुका साथै आवश्यक सरसल्लाह दिने बताइएको छ।
त्यसैगरी नेपालमै पहिलोपटक ७ वर्षसम्मको इन्जिन वारेन्टी प्रदान गरिनेसमेत रिजोन मोटर्स बिजनेसका म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले बताए।
जोङसेनको पहिलो सोरुम सानेपा रिङरोडमा छ भने दोस्रो सोरुम सुर्खेतमा तिहार अगाडि नै खुल्ने बताइएको छ। तिहारपछि बिर्तामोड, धरान, दमक र पोखरालगायतका देशका विभिन्न स्थानमा समेत शोरुम खुल्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago