काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्युदाबीको रकम भुक्तानी गरेको छ।

कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको ३ लाख १४ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो।

वि.सं. २०६९ माघ २८ गते २ लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं. १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण गत पुस २७ गते मृत्यु भएको थियो।

कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधर (ज्ञानु) ले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिलनाथ फुयाललाई मृत्यु दाबीको चेक रकम हस्तान्तरण गरे।

कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक अनुजकुमार झा, सहायक प्रियंका कार्की र वरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति थियो।