काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा १८ करोड रुपैयाँ बढीको लागतमा घरजग्गा किनेको छ।
कम्पनीले व्यावसायिक एवं कार्यालय प्रयोजनका लागि पोखरा महानगरपालिका–८ न्युरोडमा १८ करोड ११ लाख २५ हजार रुपैयाँको लागतमा २ वटा घरसहितको २९९ वर्गमिटर क्षेत्रफलको जग्गा किनेको हो। जसमा घरजग्गाको मूल्य १७ करोड २५ लाख रुपैयाँ र रजिस्ट्रेसन शुल्क ८६ हजार २५ हजार रुपैयाँ लागेको कम्पनीले जनाएको छ।
कम्पनी सञ्चालक समितिको गत चैत ७ गतेको बैठकले उक्त घरजग्गा किन्ने निर्णय गरेको थियो।
कम्पनीको यो निर्णयलाई बीमा समितिले गत जेठ ३० गते स्वीकृति प्रदान गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19