काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जाको ब्याजदर घटाएको छ।
कम्पनीले बीमालेख धितो कर्जाको ब्याजदर १ प्रतिशतले घटाएको हो।
कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमालेख धितो कर्जा प्रदान गर्दा लिइँदै आएको ब्याजदर घटाएर वार्षिक १० प्रतिशत कायम गरिएको जनाएको छ। यो ब्याजदर आज जेठ २ गतेदेखि जारी हुने बीमालेख धितो कर्जामा लागू हुने कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले बीमालेख धितो कर्जामा वार्षिक ११ प्रतिशतले ब्याज लिँदै आएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19