काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार चार ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दाको समय २: २० बजेसम्ममा नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर, यूनाइटेड इदिमर्दी  हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उक्त अवधिसम्ममा बजार ३.०१ अंकले बढेर २ हजार ६१ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा करिब ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

साताको तेस्रो कारोबार दिन बुधबार भने बजार करिब २८ अंकले बढोतरी भएको थियो ।उक्त दिन कारोबार पनि ४ अर्ब रुपैयाँमाथि नै भएको थियो ।
बिजशाला डटकमले गरेको नेप्से विश्लेषणलाई 
आधार मान्ने हो भने आगामी कारोबारमा बजार २ हजार ९०  विन्दुभन्दा माथि टिकेको अवस्थामा बजारले माथिको यात्रा तय गर्न सक्छ ।

तर यदि बजार बुधबारको लो विन्दु २ हजार २५ भन्दा तल तल कारोबार हुन्छ भने यो दिन बनेको ट्वीजर बटम इन्भ्यालिड पनि हुन सक्छ । 

कतिपय लगानीकर्ताले बजारमा लगभग करेक्सन सकिएको अनुमान लगाएका छन् ।