काठमाण्डौ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले बोनस सेयरको आशामा बसेका लगानीकर्तालाई जिल्ल बनाउँदै ५ प्रतिशत मात्र नगद लाभांश वितरणको निर्णय गरेको छ । 

कम्पनीको असोज १९ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्ताले ५ प्रतिशतको दरले नगद लाभांश वितरणको निर्णय गरेको हो । 

कम्पनीले ३० लाख रुपैयाँ बराबरको नगद लाभांश र कर प्रयोजनका लागि १ लाख ५७ हजार ८ सय ९५ रुपैयाँ वितरण गर्नेछ । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।