काठमाण्डौ । नेपाल सेवा लघुवित्तले आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते सिन्धुपाल्चोकको फटकशीलास्थित श्री इन्द्रावती सामुदायिक सेवा केन्द्रमा आयोजना गर्ने निर्णय गरेको हो ।

सभा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी संस्थाले प्रस्ताव गरेको कुल २.६२ प्रतिशत लाभांश अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजी ६ करोडको २.५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.१२ प्रतिशतले हुन आउने नगद लाभांश छ ।

सभामा अर्को मुख्य अजेन्डाका रुपमा सतप्रतिशत हकप्रद सेयर जारी प्रस्ताव पनि पारित हुनेछ । संस्थाले बोनस सेयर जारी भएपछि हुन आउने चुक्तापुँजी ६ करोड १५ लाख रुपैयाँबराबरको (१ः१ अनुपात) मा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।