काठमाण्डौ । करिब दुई दशकपछि प्रस्ताव गरेको लाभांश पारित गर्न नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति गरेको छ ।
नेपाल बैंकले यही पुस २५ गते वार्षिक साधारणसभा गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले जानकारी गराएका हुन् । उनका अनुसार नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत भई आएकोले साधारणसभाको मिति टुंगो लगाइएको हो ।
बैंकले गत आर्थिक २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजीको कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । गत वर्ष बैंकले दुई अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेकोले अब साधारणसभाबाट अनुमोदन गर्दै नेपाल बैंकका शेयरधनीहरु पाउने छन्।
लामो समयदेखि खराब ऋणका कारण नेपाल बैंकले दुई दशकभन्दा बढी समयदेखि सेयरधनीहरुलाई लाभांश वितरण गर्न सकेको थिएन । सञ्चित नोक्सानीका कारण नेपाल बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले रोक लगाउँदै आएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19