काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा गत वर्षको तुलनामा कमजोर प्रदर्शन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६६ करोड खुद नाफा आर्जन गरेको छ । यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा भने १५.६६ प्रतिशतले घटी हो । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ३८ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

दोस्रो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानीबापत ३ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत ३ अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको थियो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ३४ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ नै निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब कर्जा प्रवाह गरेको थियो । 

गत वर्ष यही अवधिसम्म १० अर्ब ५३ अर्ब रुपैयाँ रहेको बैंकको रिजर्भमा घटेर १० अर्ब १० करोड रुपैयाँमा सीमित बन्न पुगेको छ । 

बैंकको पीई रेसियो १७.२८ गुणा रहेको छ । जुन गत वर्ष यही अवधिमा १६.१५ गुणा रहेको थियो । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २३.४३ रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा ईपीएस ३३.९९ रुपैयाँ थियो।