काठमाण्डौ ।  नेपाल बैंकर्स संघले आज आफ्नो वार्षिक कार्यक्रम तथा वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ । 

गभर्नरको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुका साथै बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति थियो । 

वार्षिक कार्यक्रमका प्रमुख प्रमुख अतिथी गभर्नरले कार्यक्रमलाई सम्बोधन गर्दै समग्र आर्थिक अवस्थाका बारेमा जानकारी दिंदै मूल्यवृद्घि दर नियन्त्रण भित्र रहेको, चालु खाता र शोधान्तर अवस्था वचतमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै विदेशी मुद«ाको संचिति पनि निकै राम्रो अवस्थामा रहेको बताए । गभर्नरले नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको जानकारी गराउँदै ‘क्युआरकोड’ भुक्तानीलाई थप प्रभाबकारी ढङ्गले अघि बढाउन बैंकहरुलाई निर्देशन दिनुका साथै बैंकहरु मर्जरमा जान चाहेमा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने आश्वासन समेत दिए ।

संघले प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर तथा तथा नबिल बैंक लिमिटेडको पूर्व अध्यक्ष  सत्येन्द« प्यारा श्रेष्ठलाई सम्मानित गरेको छ । सम्मान–पत्र ग्रहण पश्चात् उनले सबै प्रति कृतज्ञता व्यक्त गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थावाट वाहिर आउन एकजुट भएर लाग्नुपर्ने बताए । 

तत् पश्चात् सम्पन्न वार्षिक साधारण सभाले संघको उपाध्यक्ष तथा कार्यकारिणी समितिका दुई जना सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत रहेकोमा, सभाले कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायलाई उपाध्यक्षको पदमा तथा दीपक कुमार दे, प्रमुख कार्यकारी अधिकृत, नेपाल एसबीआई बैंक लि. र सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक लि. लाई कार्यकारिणी समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ ।