काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ।
संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले लतिलपुरको लगनखेलस्थित ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेको थियो। सोहीअनुसार हिजो पुस २३ गते दुवै संस्थाबीच प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
दुवै संस्थाका सञ्चालक समितिका पदाधिकारी र उच्च व्यवस्थापनहरुको रोहबरमा प्राप्तिसम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको थियो। सम्झौतापत्रमा दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरेका थिए।
प्रारम्भिक सम्झौतासँगै नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अगाडि बढेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19