काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको आज बुधबार बसेको बैठकले खतिवडालाई सीआईओमा नियुक्त गरेको हो। पेसा चार्टर्ड अकाउन्टेन्ट खतिवडासँग विभिन्न निकायमा काम गरेको लामो अनुभव छ।
यसअघि बैंकको सीईओमा अनिल ज्ञवाली थिए। केही समयअघिमात्र उनी दुई वर्ष कार्यकाल पूरा गरेर बाहिरिएका थिए।
खतिवडाले यसअघि विद्युत् नियमन आयोगमा सदस्यका रुपमा काम गरेका थिए। उनी लगानी बोर्डमा परामर्शदाता थिए। उनीसँग एचआईडीसीएलको वित्त विभागमा प्रमुख भएर काम गरेको अनुभव छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19