काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्यायने कम्पनीले जनाएको छ।
बोनस सेयर जारीपछि कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago