काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सन्तोष प्रसाईले दिएको राजीनामा स्वीकृति भएको छ। 

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले प्रसाईको राजीनामा स्वीकृति गरेको हो। 

तत्कालीन सीईओ विवेक झाले २ कार्यकाल पूरा गरी संस्था छाडेपछि डेपुटी सीईओको रुपमा कार्यरत प्रसाईलाई २०७७ माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले सीइओ बनाएको थियो । सञ्चालक समितिसँग विवाद परेपछि उनले कार्यकाल नसकिँदै राजीनामा दिएका हुन् । 

प्रसाईले सञ्चालक समितिसमक्ष भने आफ्नो घरायसी तथा व्यक्तिगत कारणले सो पदमा रही कम्पनीको निरन्तर सेवामा रहन असमर्थ रहेको भनी राजीनामा पेस गरेका थिए।

प्रसाईको राजीनामा स्वीकृतिसँगै सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी नायब सीईओ सुशीलकुमार चौधरीलाई दिने निर्णय गरेको छ।