काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश वितरण गर्न सरकारबाट स्वीकृति पाएको छ।
मन्त्रीस्तरको सोमबारबाट निर्णयले पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो। यसअघि पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिले गत असोज ४ गते स्वीकृत गरेको थियो।
सरकार र बीमा समितिबाट स्वीकृति पाएसँगै अब पुनर्बीमा कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।
गत भदौ २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को परिमार्जित वित्तीय विवरणअनुसार कम्पनीमा रहेको सेयर प्रिमियमबाहेकको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी १० अर्ब रुपैयाँको कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १६.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19