काठमाण्डौ । खूद नाफामा २०.३४ प्रतिशतको प्रगति हासिल गरे पनि बढेको चुक्तापूँजी अनुसारको आम्दानी गर्न नसक्दा नेपाल एसबीआई बैंकको प्रतिसेयर आम्दानी घटेको छ । 

यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ९१ करोड ३० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको यस्तो नाफा ७५ करोड ८७ लाखमा सीमित थियो । 

अघिल्लो वर्ष ३ अर्ब ८८ करोड रहेको पूँजी बढेर ८ अर्ब ४ करोड पुगेको छ । यसरी पूँजीमा १०७ प्रतिशतको वृद्धि हुँदा नाफा भने २०.३४ प्रतिशत मात्र बढेका कारण इपीएसमा गिरावट आएको हो। 

बैंकको रिजर्ब कोष समेत घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ८५ करोड रुपैयाँ रहेको यस्तो कोष घटेर ३ अर्ब ६९ करोडमा झरेको हो । 

समीक्षा अवधिमा बैंकले ८५ अर्ब १६ करोड निक्षेप संकलन गरी ७१ अर्ब ३४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७७ अर्ब ५९ करोड निक्षेप संकलन गरी ५९ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकको खराबकर्जा समेत बढेको छ । अघिल्लो वर्ष ०.१२ प्रतिशत रहेको खराब कर्जा बढेर ०.१३ प्रतिशत पुगेको छ । 

व्यवसाय बिस्तार गरेका कारण बैंकको खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्ष १ अर्ब ४५ करोड खूद ब्याज आम्दानी रहेकोमा यो वर्ष १ अर्ब ८८ करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष १ अर्ब १६ करोड रुपैयाँ रहेको संचालन नाफा बढेर १ अर्ब ४३ करोडको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३९.०७ रुपैयाँ कायम भएको छ, अघिल्लो वर्ष यस्तो आम्दानी २२.६९ रुपैयाँमा सीमित थियो । प्रतिसेयर नेटवर्थ १४५.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.२२ गुणा कायम भएको छ ।