 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६४ रुपैयाँ कुल ११.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने १३ करोेड ६६ लाख ५७ हजार २४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशतले हुन आउने ७१ लाख ९२ हजार ४८६ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19