काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन्। 

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गरेको हो। 

प्रधान गत वैशाख ३ गते भएको कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट सञ्चालनमा निर्विरोध निर्वाचित भएका थिए।