काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको आज वैशाख ६ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर २.६ अर्ब पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को (क) मा भएको अधिकृत पुँजीसम्बन्धी व्यवस्था संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधि गर्ने २ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि यही जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago