काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
पुनर्बीमा कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago