काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा यही भदौ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशतले बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्।
सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका मुख्य दस्तावेजहरु अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १७ गते (भदौ १८ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19