काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँको बिदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ।
कम्पनीले आफ्नो कल सेन्टर दसैँको बिदाको अवधि (दसैँको टीकाको दिनबाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्नेछ।
ग्राहकले कम्पनीको कल सेन्टरमा कल, ई–मेल वा ह्वाट्सएसप तथा भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ता गराउन सक्नेछन्। यसबाट ग्राहकहरु लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ।
कम्पनीले देशैभरि फैलिएर रहेका १८९ शाखा तथा उपशाखाबाट बीमासम्बन्धी सम्पूर्ण सेवाहरु सरल र सहज तवरले प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19