काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। 

कात्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको हो। 

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको कुल ८.४२११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशतले हुन आउने ११ करोड ३ लाख १९ हजार ६६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४२११ प्रतिशतले हुन आउने ५८ लाख ६ हजार २९८ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।