काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार काठमाण्डौको हायत प्लेसमा एमडीआरटी अचिभर्स अवार्ड–२०२३ सम्पन्न गरेको छ। 

वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म रु. ३७ लाख ९२ हजार ३०० प्रथम बीमा शुल्क संकलन गरी एमडीआरटीका लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ।

कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका हुन्। कार्यक्रममा विशेष कारणवश देशबाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागत गरेका थिए। 

आफ्नो भिडियो सन्देशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको बताए। अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेकोसमेत पराजुलीले बताए। 

उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पार्नुका साथसाथै सम्मानित हुनेलाई बधाइ तथा शुभकामना प्रदान गरेका थिए। 

नेपालका ८ हजार मिटरभन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पूर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित भई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरुको सम्बन्धमा प्रकाश पारेका थिए।

श्रेष्ठले मान्छेले प्रगति गर्नका निम्ति आफूसँगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकासमा सदैव दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए। 

कार्यक्रमको समापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालल कार्यक्रममा सम्मानित हुने अभिकर्ताहरुलाई बधाइ तथा शुभकामना प्रदान गरेका थिए। कयालले आगामी दिनमा समेत कम्पनी व्यवस्थापन अभिकर्ताहरुको सहजकर्ताका रुपमा प्रस्तुत हुने उल्लेख गर्दै आगामी वर्ष अझ बढी संख्यामा अभिकर्ताहरुलाई सम्मानित गर्न कम्पनी लालायित रहेको बताए। 

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ। कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन्। 

कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब १९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ।

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५हजार ४२० बीमालेख जारी गरिएको छ। ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।