काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ। 

यस अफरअन्तर्गत बैशाख महिनाभरि बीमा शुल्कको नवीकरण ई(सेवामार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासबयाक प्राप्त गर्नेछन्। 

सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग आफ्ना आदरणीय ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर सञ्चालनमा ल्याइएको हो। प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई(सेवा, खल्ती, फोन(पे, कनेक्ट आईपीएस, आईएमई–पे र प्रभुपेसँग सम्झौता गरेको छ। 

यस कम्पनीका ग्राहकले घरै बसी–बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन्। 

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुका साथ–साथै कारोबार सुरक्षितसमेत हुने बताए। आगामी दिनमा कम्पनीलाई झन प्रविधिमैत्री बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरासमेत पराजुलीले बताए। 

२०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले २२ वर्षको अवधिमा विभिन्न आरोह–अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब १९२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा–सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।