काठमाण्डौ । नेपाल फाइनान्सले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा ४७.१३ प्रतिशतले घटेको छ। 

कम्पनीको सञ्चालन मुनाफा २ करोड ५४ लाख रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष कम्पनीलाई ५ करोड २१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। सञ्चालन मुनाफा पनि ५१.२९ प्रतिशतले घटेको छ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८.४१ प्रतिशतले बढेर ९ करोड १४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ७२ लाख करोड रुपैयाँ रहेको थियो। 

कम्पनीको रिजर्भको आकार ३.०३ प्रतिशतले घटेर ४२ करोड ८७ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ४४ करोड २१ रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड ६ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

यो अवधिमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) घटेर १२.१६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल १४.०७ प्रतिशत थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३.५३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.६३ रुपैयाँ थियो। 

पीई रेसियो ९९.४३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३७.०४ रुपैयाँ रहेको छ।