काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ३६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ८ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। 

चौथो त्रैमाससम्म कम्पनीले पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आय ९ करोड १८ लाख रुपैयाँ थियो।

यो अवधिसम्म कम्पनीले १५ अर्ब ४३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १४ अर्ब १६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च थोरै बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २ खर्ब १८ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ थियो। कम्पनीको रिजर्भको आकार १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भमा २८ करोड ८३ लाख रुपैयाँ थियो। 

चौथो त्रैमाससम्म कम्पनीले ६७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३५ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ११ लाख ५ हजार ३६५ पुगेको छ। अघिल्लो वर्ष यो संख्या १४ लाख २१ हजार ८९७ रहेको थियो।

चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४.३० रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो ९०.५५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११८.८४ रुपैयाँ रहेको छ।