काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले आज बुवाको मुख हेर्ने दिन जीवन बीमासम्बन्धी एउटा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। 

बुवाप्रति समर्पित त्यस भिडियोमा सन्तानको सुख र प्रगतिका लागि बुवाले गर्ने संघर्षका बारेमा वर्णन गरिएको छ। भिडियोमा भनिएको छ, ‘आँखाले होइन यसपटक अन्तरमनले बुवाको मुख हेरौँ। बुवाको अनुहारमा त्यो हाम्रा लागि गरेको त्याग, संघर्ष, संकल्प अनि समर्पण सबै देखिन्छ।’ 

‘त्यो हासोमा हाम्रै खुसी भेटिन्छ। आँसुमा हाम्रै दुःख देखिन्छ’, भिडियोमा भनिएको छ, ‘बुवाकै कैयौँ रहरहरु अपूरै रहे होलान्। त्यसैले त हाम्रा रहरहरु पूरा भए।’ 

‘हाम्रा चाहनाका लागि बुवाको व्यक्तिगत चाहना बहाना बन्दिन्छ। त्यसैले हामी बुवालाई विशाल सागर भन्छौँ। बुवाकै काँधमा चढेर सफलताको शिखर छुन्छौँ’, भिडियोमा भनिएको छ।  

बुवा हाम्रालाई यति विशेष हुनुहुन्छ कि बुवाका लागि मात्रै १ दिन विशेष किन ? ‘अनुहोस् हामीलाई आफ्नो प्राण सम्झिने बुवालाई ३६५ दिन नै सुखी राख्न एउटा प्रण गरौँ’, भिडियोमा भनिएको छ, ‘उहाँकै सुनौलो भविष्यको कामनासँगै एउटा काम गरौँ। नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा गरिदिउँ।’