काठमाण्डौ । नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपाल बीच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने बिषयमा समझदारी भएको छ ।
उक्त सम्झौता पत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरेका छन्।
जसअनुसार ती दुवै संस्थाले संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नेछन् । सो अवसरमा सो समारोहमा पूर्व गभर्नर डा चिरन्जीवी नेपालले दुवै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाउँदा थप प्रभावकारी हुने भन्दै आगामी दिनहरुमा यसले सार्थक भूमिका खेल्ने आशा राखेको बताए ।
यसैगरी, संघका अध्यक्ष सुनिल केसीले यसप्रकारको सम्झौताले वित्तीय साक्षरता तथा बैंकिङ प्रवर्द्धनमा सकारात्मक परिवर्तन ल्याउने बताए ।
त्यस्तै फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य रहेको बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19