काठमाण्डौ ।भारतमा मंगलबार सेयर बजार मापक परिसूचक सेन्सेक्स र निफ्टी दुबै उच्च विन्दुले घटेका छन् ।
बीएसई इण्डियाको शेयर बजार मापक इन्डेक्स सेन्सेक्स २३७.७२ अंक घटेर ६३ हजार ८७४.९३ अंकमा पुगेर बन्द भएको छ । अर्को सेयर बजार नेसननल स्टक एक्सचेञ्जको बजार मापक परिसूचक निफ्टी पनि ६१.३१ अंकले घटेर १९ हजार ७६. ६० अंकमा पुगेर बन्द भएको छ।
यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । इजाराइल- हमास युद्धका कारण तेल आपूर्तिमा अनिश्चितता बढेसँगै विश्व बजार अस्थिर बन्न पुगेको छ ।सेयर बजारमा झुम्मिएका लगानीकर्ताहरु यो अनिश्चिततासँगै सुनमा लगानी गर्नेतर्फ मोडिएको हुनसक्ने बताइएको छ ।
जियोजित फाइनान्सियल सर्भिसेजका रिसर्च हेड बिनोद नायरलले अघिल्लो हप्तासम्म युद्धले विश्व अर्थ व्यवस्थामा खासै ठूलो असर नगर्ने अनुमान गरिएको तर पछिल्लो हप्ताबाट विश्वव्यापी असर देखिएको बताएका छन् । यो असरले गर्दा लगानीकर्ताहरु सेयर बिक्री गरेर अन्यत्रतर्फ गएको हुन सक्ने आकलन छ ।
उता नेपाली सेयर बजार पनि विगत दुई वर्षदेखि निरन्तर घट्दो क्रममा रहेको छ । ३ हजार विन्दुमाथि पुगेको नेप्से निरन्तर घटेर साताको तेस्रो कारोबार दिन मंगलबार विगत ६ महिनायताकै न्यून विन्दुमा आइपुगेको छ ।
यो दिन अत्यासलाग्दो गिरावटसँगै नेप्से परिसूचक १ हजार ८६४.४० को विन्दुमा झरेको छ।
नेपालमा नियामक निकाय भ्रष्ट बन्दा बजार डामाडोल अवस्थामा रहेको एक जना लगानीकर्ताले गुनासो गरेका छन् ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19