काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो ७५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारणसभा आगामी पुस १३ गते  शुक्रबार बिहान ११ बजे काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको हो ।

साधारणसभामा हाल कायम चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर वितरण तथा बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । 

आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने अजेण्डा समेत राखिएको छ । 

सञ्चालक समितिका सदस्यहरुमा भएको हेरफेर अनुमोदन गर्ने, जारी तथा चुक्तापूँजी सम्बन्धी विद्यमान व्यवस्थामा संसोधन गर्ने, सामाजिक उत्तरदायीत्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने लगायतका अजेण्डा समेत पेश हुने बताइएको छ ।