काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक २६.३६ अंकले घटेर २ हजार २२ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०४ वटा कम्पनीको १ करोड ५२ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर उपसमूह बाहेकका सबै उपसूचकहरु राताम्य भएका छन् ।बीमा समूहका दुईवटै उपसमूह घटेका छन् । जीवन बीमा उपसमूह २.४० प्रतिशत र निर्जीवन बीमा उपसमूह १.६७ प्रतिशतले घटेको छ । 

 

बीमा कम्पनीहरुमा यो दिन नेपाल रि-इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको सेयरभाउ ०.१५ प्रतिशतले बढेर ६५४ रुपैयाँ पुगेको छ । 
त्यस्तै, बीमाकम्पनीमा सर्वाधिक सेयरभाउ घट्नेमा आइएमई लाइफ छ । कम्पनीको सेयरभाउ ३.९७प्रतितशले घटेर ५३२ रुपैयाँ कायम छ । 

 

त्यस्तै, प्रभु महालक्ष्मीको ३.८० प्रतिशत, सूर्यज्योतिलाइफको ३.४० प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.१९ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.१२ प्रतिशत, सानिमाजीआईसी इन्स्योरेन्सको ३.०८ प्रतिशतले घटेको छ । 
 

यस्तै हिमालयनलाइफको २.९५ प्रतिशत, सन नेपाललाइफको २.९२ प्रतिशत, नेपाललाइफको २.७६ प्रतिशत र एनएलजी इन्स्योरेन्सको २.०४ प्रतिशतले घटेको छ । 
 

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको २.०१ प्रतिशत, रिलायबल नेपाल लाइफको १.८५ प्रतिशत, एशियन लाइफको १.५२ प्रतिशत, शिखरको १.२६ प्रतिशत, सलिकोको १.२१ प्रतिशत, नेको इन्स्योरेन्सको १.१८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.०९ प्रतिशत, सिटिजन लाइफको ०.९३ प्रतिशत, नेपालइन्स्योरेन्सको ०.३२ प्रतिशत, हिमालयन एभरेष्टको ०.२८ प्रतिशत र एलआइसी नेपालको ०.०७ प्रतिशतले घटेको छ ।
 

आज सर्वाधिककारोबार हुने बीमा कम्पनीमा भने नेपाल इन्स्योरेन्स छ । कम्पनीको ७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, आइएमई लाइफको ७ करोड, रिलायबल नेपाल लाइफको ६ करोड ७२ लाख, हिमालयन लाइफको ५ करोड ७६ लाख र सन नेपाल लाइफको ५ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।