काठमाण्डौ । नेप्सेको चार्टमा अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार र यो साताको पहिलो कारोबार दिन आइतबारको क्यान्डल मिलाएर हेर्दा ‘डार्क क्लाउड कभर’ बनेको देखिन्छ।

यदि बजार केही समय बढेपछि नेप्से चार्टमा अघिल्लो दिन बजारमा हरियो क्यान्डल बन्छ र दोस्रो दिन पहिलो दिन बन्द भएको सूचक तथा मूल्यभन्दा माथि गएर बजार खुल्छ र दिनभरको कारोबारमा बिक्रीकर्ता हाबी भएर मूल्य तथा सूचकलाई ओपनिङ विन्दुभन्दा तल धकेल्छन् भने त्यस्तो अवस्थामा चार्टमा डार्क क्लाउड कभर बनेको बुझिन्छ। (हेर्नुहोस् कोठाभित्र एरोले देखाएको) 

त्यस्तो क्यान्डल अघिल्लो दिनको क्यान्डलभन्दा ५० प्रतिशतभन्दा तल बन्द हुनुपर्दछ। यसले बजारमा अल्पकालका लागि केही करेक्सन हुन सक्ने बुझिन्छ। 

आज बजारलाई बोलिंगरको आवरली चार्टबाट हेर्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएर तल झरेको छ तर मध्य ब्यान्डमा सपोर्ट लिएको छ। 

म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम सकारात्मक नै रहेका छन् तर छोटा–छोटा रहेका छन्। आरएसआई आभेर सोल्ड जोन २५ बाट उकालो यात्रा तय गरेको विन्दु आज ५५ बाट पुनः तल झरेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा बजार केही समय साइडवेज चल्न सक्छ। भोलुम तथा कारोबारबाट हेर्दा घट्दो बजारमा अघिल्लो कारोबारको तुलनामा कारोबार बढ्नु त्यति राम्रो होइन। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका सिफारिस भने होइन।