– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन घट्यो भने १ दिन बढेको छ।
अघिल्लो साता २१६३.९२ अंकमा बन्द भएको बजार यो साता २१२६.४८ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ३७.४४ अंकले बजार घटेको छ।
यो साता बजारमा १६ अर्ब ८८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता १४ अर्ब ८८ करोड रुपैयाँको भएको थियो। यस हिसाबले यो साता नेप्से परिसूचक घट्यो भने कारोबार बढेको छ।
यो साता बजार पुँजीकरण ३१ खर्ब २५ अर्ब रहेको छ। अघिल्लो साता बजार पुँजीकरण ३१ खर्व ८० अर्ब रहेको थियो। यस हिसावले यो साता ३७ अंकले बजार घट्दा लगानीकर्ताले ५५ अर्ब रुपैयाँ गुमाएका छन्।
प्राविधिक पक्ष
इलिअट वेभका आधारमा
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
बजारलाई प्राविधिक रुपमा हेर्दा यो साता पनि सप्लाई जोन करिब २२४० मा पुगेर २११६ मा बन्द भएको छ। बजारलाई पछिल्लोपटकको न्यून विन्दु १८०६ बाट इलिअट वेभमार्फत नियाल्दा मिनेट डिग्रीभित्रको सबमिनेट डिग्रीमा वेभ १मा १९७६, वेभ २ मा करेक्नस भएर १८६० र वेभ ३ मा बढोत्तरीका साथ २१८० सम्म पुगेको देखिन्छ। वेभ ४ मा करेक्सन भएर २०३१ सम्म आएको देखिन्छ।
आइतबारको बढोत्तरी अर्थात २२४० वेभ ५ भएको हुन सक्ने देखिन्छ। यस हिसाबले यो साता करेक्सन भएर बजार वेभ ए चलेको र यो करिब २०८० सम्म आउन सक्ने देखिन्छ। त्यसपछि वेभ बी २१८० सम्म हुन सक्छ। वेभ ए बराबर वेभ सी हुन्छ भन्ने सिद्धान्तलाई टेकेर भन्ने हो भने वेभ सी (२१८०–१६०) करिब २०२० सम्म बजार आउन सक्ने देखिन्छ। त्यसपछि मात्रै बजारमा इन्टरमिडियट डिग्रीभित्रको मिनेट डिग्रीको पनि थ्री अर्थात थ्री अफ थ्री चल्न सक्ने देखिन्छ।
वैकल्पिक रुपमा अहिलेको बजारलाई हेर्ने हो भने अघिल्लो महिनाको जुन २३ मा २१९० को विन्दुमै मिनेट डिग्रीमा वेभ ५ पूरा भएर जुलाई महिनामा २०३५ को विन्दुमा ए, बी र सी गर्दै एउटा चक्र पूरा गरेको पनि हुन सक्छ। यदि त्यसो हो भने २२४० मा वेभ १ बनेको र हाल मिनेट डिग्रीको वेभ २ को करेक्सन चलेको पनि हुन सक्ने देखिन्छ।
बजारलाई दुवै विकल्पबाट नियाल्दा केही समय अल्पकालीन करेक्सन हुन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
साप्ताहिक रुपमा यो साताको बजारलाई बोलिंगरमार्फत हेर्दा ब्यान्डको अप्पर ब्यान्डमा सुटिङ स्टार बनेको छ। यसले आगामी कारोबारमा बजारमा बिक्री दबाब आउन सक्ने देखिन्छ। यो साता बजार घट्दा भोलुम पनि बढेको देखिन्छ।
म्याक्डीमार्फत हेर्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। तर, साप्ताहिक रुपमा हिस्टोग्राम फिक्का हुँदै गएको देखिन्छ। आरएसाआई ६१ को तहमा पुगेर पुनः करेक्नस ५७ को तहमा चलेको देखिन्छ। मनी फ्लो इन्डेक्सले बढ्दो गतिमा ने रहेको देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २१४०
घटेमा सपोर्ट
निष्कर्ष
यो साता सेयर बजारमा कारोबार बढेको छ भने नेप्से सूचकमा गिरावट आएको छ। साताको पहिलो दिन बढेको बजार अन्य ४ कारोबारमा लगातार घटेको छ। बजारले यो साता पनि २२४० को विन्दुमा नै प्रतिरोध सामना गरेको छ।
साप्ताहिक रुपमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा यो साता बजारमा सुटिङ स्टार बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।
बजारलाई इलिअटमार्फत हेर्दा मिनेट डिग्रको २ र सबमिनेटको ए, बी र सी चल्दै गरेको हुन सक्ने देखिन्छ। यो साताको करेक्सन आउने साता पनि चल्ने र बजार एकपटक वेभ बी बनाउन पुनः माथि जान सक्ने देखिन्छ। तर, बजारमा राम्रै बढोत्तरी आउन भने एकपटक २०२० सम्म आएपछि मात्रै थ्री अफ थ्री चल्न सक्ने देखिन्छ। जसलाई यो साता बनको सुटिङ स्टारले पुष्टि गर्न खोजेको देखिन्छ।
पिभटमार्फत हेर्दा पनि यो साता पिभट प्वइन्ट २१४० भन्दा तल बन्द भएको छ। यसले पनि बजारमा बिक्री दबाब रहने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19