काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ४३ अंकले बढेको छ। योसँगै बजारमा भोलुम पनि डेढ अर्ब रुपैयाँ बढीको भएको छ। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा नेप्सेको चार्टमा बुलिस मारुबुजु क्यान्डल बनेको छ (हेर्नुहोस् कालो एरो)। यसले बढ्दो बजारलाई संकेत गर्छ। 

आज बनेको क्यान्डलले अघिल्लो साता बुधबार र बिहीबार बनेका दुवै  क्यान्डललाई ढाकेर बन्द भएको छ। यसले बजार तीव्रगतिमा अगाडि बढेको बुझिन्छ। 

आजको बढोत्तरीलाई बजारमा भोलुमले पनि साथ दिएको देखिन्छ। 

दैनिक चार्टको  सुपर ट्रेन्डमा पनि खरिद सिग्नल बनेको छ। यदि मूल्यरेखाले ट्रेन्ड लाइनलाई तलबाट काट्छ र ट्रेन्ड लाइनको रङ रातोबाट हरियो हुन्छ भने खरिद सिग्नल बनेको मानिन्छ। 

पिभट प्वइन्टमार्फत बजारलाई हेर्दा अबको पहिलो प्रतिरोध १९६६ मा, दोस्रो प्रतिरोध २०११ मा र तेस्रो प्रतिरोध २०६६ मा हुने छ। 

त्यसैगरी आगामी कारोबारमा बजार घटेमा क्रमशः १८६७, १८१२ र १७६६ सपोर्ट लिनेछ। 

दैनिक चार्टमै आरएसआईमार्फत बजारलाई हेर्दा ६० को तहबाट बढेर आज ६३ तहमा पुगेको छ। यसले बजार ओभर बट जोनमा पुग्दै गरेको बुझिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।