काठमाण्डौ । पछिल्लोपटक १८१० को विन्दुबाट बढेर लगभग १९९० को विन्दुसम्म पुगेको बजारमा हाल ‘इभिनिङ स्टार’ प्याट्रन देखा परेको छ (हेर्नुहोस् कालो एरो)। यसले घट्दो बजारलाई संकेत गर्छ। 

यदि नेप्सेको चार्टमा पहिलो क्यान्डल हरियो मारुबुजु बन्छ र त्यसपछि डोजी क्यान्डल बनेर रातो मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई इभिनिङ स्टार भनिन्छ। यसविपरीत यदि घट्दो बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा डोजी क्यान्डल बन्छ भने त्यसलाई मर्निङ स्टार भनेर बुझिन्छ। यसले बढ्दो बजारलाई संकेत गर्छ। 

नेप्सेमा गएका चार कारोबारलाई नियाल्दा दैनिक चार्टमा इभिनिङ स्टार बनेको छ। बोलिंगर ब्यान्डमा भने बजार पछिल्लोपटक अप्पर ब्यान्डलाई छोएर मध्य ब्यान्डतर्फ बजार आकर्षित भएको छ। 

आरएसआई भने हाल ५१ को न्युट्रल जोनमा रहेको छ। पिभटमार्फत बजारको सपोर्ट विन्दु नियाल्दा अबको नजिकको सपोर्ट पिभट प्वइन्ट १९११ र पहिलो सपोर्ट १८६८, दोस्रो सपोर्ट १८१२ तथा तेस्रो सपोर्ट १७६७ मा देखिन्छ। बढेमा भने बजारले क्रमशः १९६६, २०११ र २०६६ मा प्रतिरोधको सामना गर्ने छ। 

नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका सिफारिस भने होइन।