काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ। (हेर्नुहोस् कालो एरो) 

सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ। यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ। 

यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनः सुरुको मूल्य तथा सूचकमा पुर्याएको हुन्छ। यो मैनबत्तीले तलको लामो धागोले बजारमा क्रेताको चाप रहेको कुरालाई संकेत गर्छ। छोटो धागोले बिक्रेताको अझै कायम रहेको बुझिन्छ। 

लामो समयको घट्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा बजारले बुलिस ट्रेन्डमा जाने संकेत गर्छ। यसअघि यस्तै आकृति बन्दा बजार बुलिस बनेको थियो। (हेर्नुहोस् हरियो एरो)

यसविपरीत यदि लामो समयको बढ्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा भने बजार बियरिसमा जाने संकेत गर्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो प्राविधिक विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।