काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झन्डै  १५ अंकको गिरावट आएको छ।

साताभर सामान्य अंकले गिरावट आएको बजार आज भने दोहोरो अंक ओरालो लागेको छ। योसँगै नेप्सेको चार्टमा आज बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। 

योे साताभर कारोबार भएका ४ वटा क्यान्डललाई मिलएर हेर्र्दा नेप्सेको चार्टमा इभिनिङ स्टार बनेको छ। (हेर्नुहोस् चारकोठाबाहिर कालो एरो) 

इभिनिङ स्टार भनेको यदि पहिलो  हरियो मारुबुजु क्यान्डल र दोस्रोे रातो मारुबुजु क्यान्डलको बीचमा डोजी स्टार बन्छ भने त्यसलाई इभिनिङ स्टार भनिन्छ। यसविपरीत यदि पहिलोे रातो क्यान्डल र दोस्रो हरियो क्यान्डलको बीचमा डोजी स्टार बन्छ भने त्यसलाई मर्निङ स्टार भनेर बुझिन्छ। तर, यो साता बनेको क्यान्डलहरुमा  बजारले इभिनिङ स्टार बनाएको छ। यसले  बजारमा बिक्री दबाब परेको बुुझिन्छ।

पिभट प्वइन्टमार्फत हेर्दा यदि बजार घटेमा पहिलो, दोस्रो र तेस्रो  सपोर्ट क्रमशः १८९८, १८८० र १८४० मा  देखिन्छ। 

त्यसैगरी बढेमा भने क्रमशः १९०५, १९३५ तथा तथा १९६० मा लिनेछ। बोलिंगरमार्फत हेर्दा बजार तल्लो ब्यान्डमा चलेको छ। 

म्याक्डीमा बियरिस क्रसओभर भ्यालिड  नै रहेको छ। आरएसआईले भने ४० को तहमा सपोर्ट लिएको छ। 

नोटः सेयर बजार लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।