काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा भोलुमसहित करिब ६ महिना पछि ५ अर्बभन्दा माथि कारोबार भएको छ। यसअघि गत जुलाईमा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
नेप्सेलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा बजार बुलिस बन्दै गएको देखिन्छ। आज भने बजार दिनभर इन्ट्राडे करेक्सन भएको छ। यसले बजारमा स्पिनिङ टप क्यान्डल बनेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
यदि केही समयको बढोत्तरीपछि हरियो मारुबुजु क्यान्डल बन्छ र स्पिनिङ टप क्यान्डल बन्छ भने बजारमा करेक्सनको सम्भावाना हुन्छ। त्यस्तो करेक्सन इन्ट्रा डेमात्रै पनि हुन सक्छ।
बोलिंगर ब्यान्डमार्फत हेर्दा बजार अप्पर ब्यान्डमा चलेको छ तर छोडेको अवस्था भने छैन। यसले बजार मजबुत नै बुझिन्छ। तर, अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी भने घट्न सकेको छैन।
म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक नै छन्। आरएसआई भने ७९ को ओभरबट जोनमा पुगेको देखिन्छ। बढ्दो बजारमा आरएसआई लामो समय नै माथि पनि रहन सक्छ। तर, जोखिम भने बढी हुन्छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजारमा सानातिना करेक्सन हुँदै माथि नै जाने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago