काठमाण्डौ । जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ।
जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ। दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो आकृति बन्छ (हेर्नुहोस् तस्बिरमा) भने बुलिस हरामी र बियरिस हरामी भन्ने हुन्छ।
बुलिस हरामी चार्टको न्यून विन्दुमा बन्ने गर्छ। यदि रातो लामो क्यान्डलको ठीकपछि छोटो हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस हरामी भनेर बुभिन्छ (हेर्नुहोस् एरो)। यसले ट्रेन्ड परिर्वतनको संकेत गर्छ।
यदि घटिरहेका बजारमा यस्तो आकृति बन्छ भने त्यसले बाटो परिवर्तन गर्ने संकेत गर्छ। यस्तो अवस्थामा खरिदकर्ता हावी भएका हुन्छन्। यसविपरीत यदि पहिलो क्यान्डल लामो हरियो र दोस्रो क्यान्डल छोटो रातो बन्छ भने यसलाई बियरिस हरामी भनेर बुझिन्छ। यस्तो आकृति चार्टको माथि बन्छ र बिक्रीकर्ता हावी भएका हुन्छन्। यसले पनि ट्रेन्ड परिवर्ततको संकेत बुझिन्छ।
आज लामो समयपछि नेप्सेको चार्टमा बुलिस हरामी क्यान्डल बनेको देखिन्छ। यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ। अर्थात् लामो सयम बियरिस रहेको बजार अब बुल जाने संकेत गर्छ। तर, यसको कन्फर्मेसन अर्थात बजार पस्नका लागि भने आगामी कारोबारमा भोलुमसहित २२०० भन्दा माथि बन्द हुनुपर्नेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago