काठमाण्डौ । आज बजार दिनभर बिक्री दबाबमा परेको थियो। कारोबार सुरुदेखि नै सामान्य अंकले घटेको बजारमा कारोबारको अन्तिम समयसम्म १६ अंकले घटेको छ।
प्राविधिक रुपमा बजारले बनाएको चार्टलाई डेली बेसमा हेर्दा बियरिस क्यान्डल बनेको देखिन्छ। तर, आजको बजारलाई अवरली बेसमा हेर्दा भने करिब–करिब बजारले घट्ने क्रम सकिएर अन्तिम आवरमा सम्हालिँदै गरेको अवस्था देखिन्छ।
आवरली बेसमै बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा ब्यान्डको तल्लो विन्दुमा बुलिस डोजी स्टार बनेका देखिन्छ। यसले ट्रेन्ड परिवर्तन गर्न लागेको कुरालाई संकेत गर्छ।
आजको अन्तिम आवरमा डोजी स्टार बनेको छ। यसलाई अघिल्लो क्यान्डलसँग जोडेर हेर्दा बुलिस डोजी स्टार बनेको देखिन्छ।
यदि अघिल्लो कालो लामो मैनबत्तीका साथ डोजी देखा परेमा त्यसलाई बुलिस डोजी भनिन्छ। यसले बजारमा आपूर्ति हराउँदै गरेको र माग बढ्दै गएको संकेत गर्छ।
आज अन्तिम आवरमा बजारमा आपूर्ति हराएर माग बढेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
यसविपरीत हरियो क्यान्डलपछि डोजी बनेमा भने त्यसलाई बियरिस डोजी स्टार भनिन्छ। आजको बजारमा बुलिस डोजी स्टार बनेको देखिन्छ।
आवरली बेसमै म्याक्डीमार्फत हेर्दा गत १२ फेब्रुअरीमा बनेको बियरिस सिग्नल हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा नै रहेका छन्। यसले बजार बिक्री दबाब परेको बुझिन्छ।
आवरली चार्टमै हेर्दा आरएसआई ३८ को ओभर सोल्ड जोननजिक पुगेको देखिन्छ। यस्तो विन्दु ३० भन्दा तल झरेपछि बजारमा घट्ने क्रम रोकिन सक्छ।
मुभिङ एभरेजमार्फत हेर्दा पनि बजारमा गोल्डेन क्रस भ्यालिड नै रहेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago